आर्थिक

तोलामा तीन सयले घट्यो सुनको मूल्य

११ साउन, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० ले घटेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय निर्धारण भएको छ ।