विचार/ब्लग

विवाह बाध्यकारी होइन तर  जीवनको महत्वपूर्ण क्षण, अनुशासन, प्रकृति वा भगवानको उपहार भने हो

रोजिना बोहरा / विवाह के हो ? र कुन उमेरमा विवाह गर्दा उपयुक्त हुन्छ ? भन्ने प्रश्न सधैँभरि युवायुवतीका लागि गम्भीर जिज्ञासाको रूपमा रहने गरेको छ ।  सामान्यतया महिला र पुरुष बिचमा श्रीमान् श्रीमतीको सम्बन्ध कायम गराउने परम्परागत, धार्मिक तथा सामाजिक कार्यलाई नै विवाह भनिन्छ । दुई हृदयको मिलन, जिन्दगीको सहयात्री, पवित्र बन्धन र पति पत्नीको सम्झौतालाई नै विवाहको नाम दिइन्छ । तर अहिलेको एक्काईसौं शताब्दीमा समलिङ्गी जस्ता विभिन्न विवाहले पनि मान्यता पाउन थालेका छन् । वंश र समाजलाई निरन्तरता दिन विवाहले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका हुन्छ । विवाह गर्ने किसिम आ–आफ्नो जाती, धर्म, भूगोल र देश अनुसार फरक–फरक हुने गर्दछ । जसमा सबैले आ–आफ्नो रीतिरिवाज र संस्कृतिले गर्ने गर्दछन् ।

विवाहपछि वृद्ध हुँदासम्म पनि यसरी खुसी हुन सकिन्छ भन्ने दृष्य

कुनै पनि अपरिचित महिला तथा पुरुष वैवाहिक सम्बन्धमा बाँधिनु र बाँचुन्जेल सबै दुःख सुखलाई आत्मसाथ गर्नु भनेको सानो कुरा होइन । वर्तमानको परिस्थितिलाई हेर्ने हो भने विवाहलाई लिएर विभिन्न विकृतिहरू फैलिएका छन् । यसै कारणले गर्दा सम्बन्ध विच्छेद जस्ता घटनाहरू समाजमा एकदमै बढ्दो रूपमा देखा परिरहेका छन् । कतिपय युवा—युवती आफ्नो हैसियत भन्दा बढी खर्च गरेर पोसाक तथा गर–गहनाहरू लगाउने गर्दछन् । अथवा विलासिताका बस्तुहरू प्रयोग गरेर अरूलाई देखाइरहेका हुन्छन् । जुन उनीहरूले आफ्नो होइन यस्ता गतिविधिले दोस्रो व्यक्ति प्रभावित हुन्छन् । यसले आफ्नो समाजमा नकारात्मक असर पुर्यायाउदछ । 

अझ कतिपय सानै उमेरमा प्रेम सम्बन्धमा परेर परिवारको अनुमति बिना नै भागेर पनि विवाह गरिरहेका छन् । विवाह गर्नुपर्ने भन्नेमा सबैको राय मिल्छ भन्ने छैन, कति उमेरमा गर्ने भन्नेमा पनि राय मिल्छ भन्ने छैन । कतिपय यस्ता हुन्छन् जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरू विवाह नगरी एक्लो जीवन बिताउनमा कल्याण मान्छन् । अहिले त के सम्म हुन्छ भने, कुनै पुरुष वा प्रचलन पनि आइसकेको छ । कतिपयले विवाहलाई आमा वा बुबाको रूपमा जीवन बिताउने प्रचलन पनि आइसकेको छ । कतिपयले विवाहलाई बन्धनको रूपमा पनि लिएका हुन्छन् । विवाह गरेपछि आफ्ना रहर, इच्छा, सोच, चिन्तन त्याग्नुपर्छ । एक अर्का व्यक्ति अथवा श्रीमान् श्रीमतीको गल्ती कमजोरी पनि स्विकार्नुपर्छ भन्ने मान्यता बोकेका हुन्छन् । त्यसैले सबै जीवनलाई आ–आफ्नै तरीकाले जसरी नै बुझेका हुन्छन् । त्यही अनुरूप जीवन जिउन छुट् हुन्छ । विवाह बाध्य होइन, उमेर–समय सबै आ–आफ्नो स्वविवेकमा गर्न सकिन्छ । पहिला पहिला छोरीहरूको विवाह महिनावारी हुनु भन्दा अगाडी गराई दियो भन्ने पुण्य मिल्ने जस्ता नकारात्मक सोचले महिलाहरूलाई शारीरिक मात्र नभई मानसिक रूपले पनि धेरै असर परिरहेको हुन्थ्यो । सानो उमेरमा विवाह अर्थात् छिटो बच्चा जन्माउँदा शरीर कमजोर हुने र आमाको अकालमा नै ज्यान जाने जोखिम समेत हुन्छ । 

अहिले पनि दुर्गम क्षेत्रमा अहिले पनि हेर्ने हो भन्ने घरेलु हिंसा, शिक्षा तथा स्वास्थ्यको ज्ञान नभएका कारणले धेरै दुःख भोग्नु परिरहेको छ । कतिपयका श्रीमान् वा श्रीमती विवाह भएपछि कारण अरूसँग लागेर सम्बन्ध बिग्रिएर सम्बन्ध विच्छेद भएका खबरहरू आइरहेका छन् । तर अहिले कानुनी अवस्थालाई नियाल्ने हो भने कुनै पनि विवाह २० वर्षभन्दा कम उमेरमा आफ्नो अनुमति बिना जबरजस्ती विवाह गराइदिएमा विवाह गराउने, विवाह गर्न उक्साउनेलगायत सबैलाई कानुनी बमोजिम कारबाही हुने नेपालको पछिल्लो संविधानमा नै व्यवस्था रहेको छ । महिला सम्बन्धी हक र अधिकारहरूको पनि धेरै ऐन नियम कानुनहरू पनि बनिसकेको छ । विवाह एउटा पवित्र सम्झौता पनि हो । सम्झौता सधैँ पालना हुन्छ भन्ने छैन, त्यो टुट्न पनि सक्छ, सम्झौता दुवै पक्षबाट पालना हुन्छ भन्ने छैन । त्यसमा कसैले तलमाथि गर्‍यो भने सम्बन्ध नै धरापमा पर्छ । 

यसमा सबै सम्झौताको सुखद अन्त्य चैँ हुँदैन । जति प्रयास गर्दा पनि एक अर्कालाई बुझ्न नसक्दा वा बुझाउन नसक्दा र कहिले काँहि लापरबाही र नियतवश पनि सम्झौता तोडिन्छ । कतिपय स्थानमा हत्या सम्म भएको सुनिन्छ । सँगै बस्न नसक्ने भए पछि जिन्दगी भरि रुँदै बस्नु भन्दा छुट्टिनु नै उपयुक्त हुन्छ । मुख्य रूपमा विवाह आर्थिक अवस्थासँग पनि जोडिएको हुन्छ । जसमा महिलाहरू आर्थिक अवस्थाले हेर्ने हो प्रायः उनीहरू पछाडि नै परिरहेका हुन्छन् । जसले गर्दा महिलाहरू परिवारमा हेलामा पर्ने, आर्थिक शिक्षित सबै कुराले परिपक्व भएपछि जोडेको सम्बन्ध टिकाउ हुने गर्दछ । विवाह बन्धनमा बाँधिसकेपछि महिला र पुरुषको सङ्गैसँगै जिम्मेवारी बढ्दछ । जसमा दुवैको उत्तिकै जिम्मेवारी हुन्छ । तर नेपाली समाजलाई हेर्ने हो भने विवाह पश्चात् महिलाहरू घरायसी काममा बाँधिने र पुरुषहरूको बाहिरको काममा लाग्ने गर्दछन् । यस्तै कारणहरूले महिलाहरू आर्थिक तवरले पछाडि पर्ने गर्दछन्

वैवाहिक जीवनमा प्रवेश गरेपछि जिन्दगीले अर्को लय समात्छ । विवाह गर्नु या नगर्नु हरेक व्यक्तिको आ–आफ्नो इच्छाको कुरा हुन्छ । तर हाम्रो नेपाली समाजमा विशेष गरी महिलाहरूले ढिला विवाह गरे भने वा विवाह गरे विवाह नै नगरी बस्यो भने बुढी कन्या नै भएर बसी, झुमा बसी भन्ने चलन रहेको छ । समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोण नै फरक पर्दछ । कुनै केटा नपाएर विवाह नभएकी, अलच्छिनी जस्ता विभिन्न आरोप लगाई रहेका हुन्छन् । पछिल्लो समयमा मागी विवाह भन्दा पनि प्रेम विवाह गर्ने प्रचलन धेरै चलिरहेको छ । अहिले किशोर किशोरीमा विकृति देखा परिरहेको छ । सामाजिक सञ्जाल मार्फत एक अर्को नजिक भएका हुन्छन् । त्यसैले हरेक पल हरेक क्षणको कुराहरू अपडेट भई रहेका हुन्छन् । 

कतिपय युवायुवती फेसबुक, इन्स्टा, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालबाट नै प्रेम प्रस्ताव राख्छन् र हरेक पक्षबाट नजिकिन्छन् अनि विवाह गर्ने तयारीमा पुग्छन् । कुनै पनि कुरामा बिचार नै नगरी विवाह गर्ने आँट लिन्छन् आखिर त्यसको परिणाम फल थाहा हुँदैन । यस्ता कारणहरूले सम्बन्धमा गिरावट आउने गर्दछ । यसरी हरेक व्यक्तिले आफ्नो जीवन साथीको योग्यता, व्यवहार, शिक्षा, सम्झौता गर्न सक्ने क्षमता हुनु अति आवश्यक छ । 

यी कुराहरूले मेल खाएमा, विवाह गर्न उपयुक्त हुन्छ र दाम्पत्य जीवन पनि सुखमय र शान्तसँगै बिताउन सकिन्छ । तब मात्रै जीवनको सार्थकता हुन्छ । विवाह भन्ने शब्द सुन्दा सजिलो छ तर त्यसको जिम्मेवारी बोध गर्न एकदमै गाह्रो छ, कतिपय जोडीहरूको विवाहको राम्रो जानकारी नहुँदा पनि सम्बन्ध विच्छेद हुने गर्दछ । यसरी नै हरेक सम्बन्धमा राम्रो नराम्रो दुवै पक्ष हुन्छ । आफ्नो जीवन कस्तो गराउने र कसरी बिताउने भन्ने कुरा आफ्नो हातमा रहेको हुन्छ । दाम्पत्य जीवन सुखमय होस् भन्ने चाहाना सबैको हुन्छ तर यसलाई सुखद गराउन निकै गाह्रो हुन्छ । विवाह पश्चात् समय व्यवस्थापन गर्न नसक्दा वा पति पत्नीले एक अर्कालाई पर्याप्त समय दिन नसक्दा धेरैको वैवाहिक जीवनमा बिस्तारै चिसोपना बढ्दै जान्छ । त्यसैले वैवाहिक जीवनलाई राम्रोसँग अगाडी लैजाने हो भने अथवा विवाह जस्तो सम्बन्धलाई सहज र सुन्दर बनाउनको लागि सबैभन्दा पहिले असल बानी व्यवहार असल चरित्र सबै भन्दा जरुरी छ । वैवाहिक जीवन सुख एवम् प्रेमका लागी श्रीमान् श्रीमती बिचको समझदारी हुन एकदमै आवश्यक हुन्छ । एक जना आगो बेला अर्को जना पानी हुनुपर्दछ । दुवै जना आगो बनेमा स्थिति अनियन्त्रित हुन सक्छ । त्यसैले विवाह जस्तो सम्बन्ध जोगाउन एक अर्का प्रति बफादारी भएर कर्तव्य निभाउनु पर्दछ, तब मात्र सम्बन्ध टिकाउ हुन्छ । विवाह बाध्यकारी होइन तर  जीवनको महत्वपुर्ण क्षण, अनुशासन, प्रकृति वा भगवानको उपहार भने हो ।

सम्बन्ध विच्छेदपछि हुने सम्भावित दृष्य

यी कुराहरुले मेल खाएमा, बिबाह गर्न उपयुक्त हुन्छ र दाम्पत्य जीवन पनि सुखमय र शान्तसंगै बिताउन सकिन्छ । तब मात्रै जीवनको सार्थकता हुन्छ । बिबाह भन्ने शब्द सुन्दा सजिलो छ तर त्यसको जिम्मेवारी बोध गर्न एकदमै गाह्रो छ, कतिपय जोडिहरुको विवाहको राम्रो जानकारी नहुँदापनि सम्बन्ध बिच्छेद हुने गर्दछ । यसरी नै हरेक सम्बन्धमा राम्रो नराम्रो दुबै पक्ष हुन्छ । आफ्नो जिवन कस्तो गराउने र कसरी बिताउने भन्ने कुरा आफ्नो हातमा रहेको हुन्छ । दाम्पत्य जिवन सुखमय होस् भन्ने चाहाना सबैको हुन्छ तर यसलाई सुखद् गराउन निकै गाह्रो हुन्छ । विवाह पश्चात् समय व्यावस्थापन गर्न नसक्दा वा पति पत्नीले एकअर्कालाई पर्यात समय दिन नसक्दा धेरैको वैवाहिक जिवनमा बिस्तारै चिसोपना बढ्दै जान्छ । त्यसैले बैबाहिक जिवनलाई राम्रोसंग अगाडी लैजाने हो भने अथवा बिबाह जस्तो सम्बन्धलाई सहज र सुन्दर बनाउनको लागि सबैभन्दा पहिले असल बानी व्यावहर असल चरित्र सबै भन्दा जरुरी छ । बैबाहिक जिवन सुख एवम् प्रेमका लागी श्रिमान् श्रिमती बिचको समझदारी हुन एकदमै आवश्यक हुन्छ । एकजना आँगो बेला अर्को जना पानी हुनुपर्दछ । दुबै जना आगो बनेमा स्थिति अनियन्त्रित हुन सक्छ । त्यसैले बिबाह जस्तो सम्बन्ध जोगाउन एक अर्का प्रति बफादारी भएर कर्तव्य निभाउनु पर्दछ, तब मात्र सम्बन्ध टिकाउ हुन्छ । बिबाह बाध्यकारी होइन तर जिवनको महत्वपुर्ण क्षण, अनुशासन, प्रकृति वा भगवानको उपहार भने हो ।