विचार/ब्लग

महिला हिंसा हरेक नारीका लागि निकै नै दुःखद र दुर्भाग्यपूर्ण

रोजीना बोहोरा /महिला विरुद्धका हिंसा विशेष रुपमा महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरु हुन् । यस्ता प्रकार हिंसाले कुनै पीडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसालिङ्गमा आधिरित हुन्छ । अर्थात् महिला भएकै कारण कसैले यस्तो हिंसाको शिकार बन्नु परेको छ । महिलामाथि हुने हिंसा भन्नाले महिलाले जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएका कारणबाट हुने विभिन्न विभेदपूर्ण व्यवहार शोषण, शारीरिक मानसिक तथा यौनिक यातनाहरु र दुव्र्यवहारलाई बुझाउँछ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गर्दछन् । हिँसाले समाज विकासको क्रमलाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाव पारेकै हुन्छ ।

महिलाहरुको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरुलाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको रहेको छ । परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसा कारण महिलाहरु बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसा कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोको कारण हुने घटनामा पीडित हुने महिलाहरुको सङ्ख्या उल्लेख्य छ, छाउपडी त छंदैछ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरुबाट महिलाहरु वन्चित छन् । प्राचीन समय देखि नै बलात्कार, यौन हिंसा तथा घरेलु हिंसा जस्ता अनेकौंं महिला विरुद्धका हिंसाहरु हुँदै आएको पाइन्छ । नेपाल पुरुष प्रधान समाज हो ।

यहाँ अझैपनि परम्परागत सोचमा परिर्वतन आएको छैन । महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यपार, गरीबी, बेरोजगारी, मानसीक यातना, गालीगलौज, बैवाहिक बलत्कार, बहुविवाह , चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशीकरोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरुत्साहन, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन । राज्यको संरचनाले नै महिलाहरुको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरुष प्रधान मानसिकताले गर्दा नेतृत्व अगाडि आउन सकेको हो । रुढीवादी परम्परा, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वातन्त्रता, गतिशिलता र शरीरमाथि अरुले नियन्त्रणगर्ने कारण पनि महिला माथि हिंसा भएको अवस्था छ । लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वन निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानासिक क्षति वा पीँडा पुयाउने कार्य हो ।

सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने वा भएको भन्ने हुन्छ । समाजले लैङ्गिक हिंसा र दुव्र्यवहार खझैपनि स्वीकार गरेको छैन । महिला हिँसा पीँडाजन्य, वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कार्यलाई जनाउँछ । कुनै पनि व्यक्तिले उसको लिङ्भेदको आधारमा गरेको शारीरिक, मानसिक , सामाजिक, राजनितिक, सांस्कृति, आर्थिक र यौनिकरुपले पीडा दिने वा पीडा पुयाउने वा त्यस्ता कार्यहरु गर्नका लागि डर, धाक, धम्की जस्ता व्यबहार गर्नु, व्यक्तिको आधारभूत स्नतन्त्रता कुनै पनि कार्य वा व्यवहार गर्नु लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसाको परिभाषा व्यापक छ । घरदेखी कार्यथलोसम्म, अपमानजन्य शब्दको प्रयोगदेखी व्यावहारसम्म, लेखेर, बोलेर, कागदेखी भाषासम्म, भु्णदेखि जीवनपर्यन्त लैङ्गिक हिंसा हुन् ।

नेपालको संविधानमा नै नै पनि महिला विरुद्द शारीरिक, मानसिक वा कुनै किसिमको हिंसाजन्य कार्य गनिे छैन र त्यस्तो कार्य कानूनदारा दण्डनीय हुनेछ भन्ने व्यावस्था छ । एउटा व्यक्ति, समाज, समूह, संस्था, राजनीतिक दल, नीजि, क्षेत्र, संञ्चार माध्यम आदिले बोलेर वा लेखेर त्यस्तो व्यवहार गरेर वा कुनै संकेतद्वारा फरक लिङ्ग भएकै कारण महिला वा पुरुष वा तेस्रो लिङ्गीहरुको मन, भावनामा चोट पुर्याएर, कृटपीट गरेर, एसिडको प्रयोग गरी विभिन्न प्रकारले यौनजन्य दुव्र्यवहार हुन्छन् । श्रम शोषण आदि गरेर पनि महिलामाथीका लैङ्गीक हिंसा हुने गरेका छन् । मानव वा मानव अङ्ग बेचबिखान गरेर, लिङ् पहिचान गरी गर्भपतन गर्न दवाव दिइ वा जबरजस्ती गर्भपतन गराएमा र फरक लिङ्ग भएकै आधारमा शिक्षा, स्वास्थ्य, पोषण, मायाममता, स्याहारसुसारमा विभेदपूर्ण व्यवहार हो ।


बालबालिकाको मन, भावना, चाहना, आवश्यक र रुचीको छोरीलाई घरको काममा पठाउनु छोरा छोरीबीच गर्दे आएका लैङ्गीक भेदभाव हुन् । त्यसैगरी छोरालाई पोषिलो खानेकुरा खानदिनु, बढी खानदिनु र छोरीलाई छोराको तुलानामा कम माया गर्नु, कमपोषिलो खान दिनु वा खानामा छोरीलाई वास्ता नगर्नु, कमरेखदेख र खानेकुरामा समेत भेदभाव गर्नु, छिटो छिटो बिहे गरिदिनु आदि छोराछोरीबिच हुर्दै आएका लैङ्गीक भेदभाव र हिंसा हुन् । महिला भएकै कारण असहयोग गर्ने, उत्प्रेरणा नदिने कार्यलाई महिलामाथि हिंसा भन्निछ । सामान्यतया: महिलामाथि गर्ने हिंसा निम्नाअनुसार छन्
शारीरिक हिंसा
–मानसिक तथा भावनात्मक हिंसा
– यौनजन्य हिंसा
–आर्थिक हिंसा
– सामाजिक तथा सांस्कृतिक हिंसा
–राजनीतिक हिंसाश
– कानूनी हिंसा
शारीरिक हिंसा भन्नाले कुनै प्रकारको हातहतियार प्रयोग गरी वा नगरी महिला भएकै नाताले उनाले कुटपीट गर्ने, शरीरमा चोटपटक लाग्ने, लछारपछार पाार्ने, आदि कार्यलाई शारीरिक हिंसा भनिन्छ । कुनै व्यक्तिले आफनो पारिवारीक सम्बन्ध भएको अर्को व्यक्तिलाई पुयाएको कुनै किसिमको शारीरिक, मानसिक, यौनजन्य, आर्थिक आदिलाई घरेलु हिंसा भनिन्छ । घरेलु हिंसा विपरीत लैङ्गीक सम्बन्धमा मात्रै सिमित छैन भने जानकारी राख्नु महत्वपूर्ण छ । हिंसाको पीडित व्यक्तिको पहिचान वा लिङ्सँग कुनै सम्बन्ध छैन ।

समलैङ्गीक सम्बन्ध राख्ने महिला तथा पुरुष लगायत यौनिक अल्पसंख्यकहरु पनि आत्मीय सम्बन्ध भएका व्यक्ति अथवा आफ्नो घर तथा समुदायबाट पनि पीडित हुन सक्छन् । महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरुका हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको नीतिगत, कानूनी र संस्थागत सुधारका साथै महिलाहरु सहभागि गराई महिलाहरुमा भएको क्षमतालाई बृधि गर्नु नै महिला सशक्तिकरण हो । महिला शसक्तिकरणको लागि धेरै आवाज उठाएपनि नियम कानून, संबिधान कानूनले विभेद नगरेता पनि, केवल उनीहरुलाई उपस्थिति वा सहभागीत वा प्रतिनिधित्वका लागिमात्र मात्र जोड दिएको पाइन्छ । पछिल्लो समयमा शिक्षामा महिलाहरुको निकै कम मात्रामा पहुँच र सहभागिता भएको छ, जुन हरेक नारीका लागि निकै नै दुःखद र दुर्भाग्यपूयर्ण रहेको छ ।

बिशेष गरी नेपाल जस्तो गरिब र बिकाशोंमुख देशमा पनि महिला शिक्षालाई प्राथमिकता नदिनुलाई महिला शिक्षा र महिला सशक्तिकरण एउटा ठुलो अवरोध आउने छ । छोराछोरी समान भने पनि अझै गाउ समाजमा समान व्यवहार गराउन सकेको छैन । छोरी भनेको भित्ता टाल्ने जात त होनी भनेर छोरीलाई शिक्षाबाट बन्चित रहेको छ । घरेलु हिंसा हुनुका कारणहरु जस्तै गरिबी, अशिक्षा, जनचेतनाको कमी, जन्मदेखी छोरा र छोरीलाई फरक किसिमले व्यवहार गर्नु, शिक्षा दिनु, छारी भए अरुको घर जाने जात भन्दै हाँस्न, बोल्नमा समेत बन्देज लगाउने गर्दछन् । महिलाहरुलाई पनि आत्मरक्षा सम्बन्धी विभिन्र किसिमका तालिमहरु दिनुपर्छ जसले गर्दा उनीहरु हरेक पाइलामा सुरक्षित हुन सक्दछन् । हिंसात्मक क्रियाकलापलाई समाजबाट निर्मूल पार्नुपर्दछ र समृद्ध, सभ्य समाजको निर्माणमा सबैले हातोमालो गर्न आवश्यक छ ।