१३ साउन, बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यही साउन १५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दत्र्ता गराएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
“विश्वासको मतका लागि पत्र दत्र्ता भइसकेको छ”, सचिव दर्जीले भने, “पत्रअनुसार नै साउन १५ गते दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ ।”
यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।