समाचार

बानेश्वरमा शनिवार बृहत् रक्तदान आयोजना, कौडिन्य महासङ्घद्वारा उपस्थितिका लागि आह्वान

१७ साउन, काठमाडौँ ।  कौडिन्य सगोत्रीय महासङ्घले साउन १९ गते बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको र त्यसको अन्तिम तयारी सम्पन्न भएको महासङ्घले जानकारी दिएको छ । 

रक्तदान जीवनदान भन्ने नाराका साथमा कार्यक्रम गर्ने महासमाजको असार ४ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार असार १९ गर्ते शनिवारका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको महासचिव नारायण न्यौपानेले जानकारी दिए । 

महासङ्घका उपाध्यक्ष विष्णु प्रसाद बास्कोटाले कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न लागिएको हुँदा रक्तदान गर्न मिल्ने सम्पूर्णलाई कार्यक्रममा आई रक्तदान गर्न आग्रह गरेका छन् । 

संस्थाले पहिलो पटक केन्द्रीय समितिको आयोजनामा नयाँ बानेश्वर चौकस्थित छक्कुबक्कु मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम बिहान ठिक ८ बजे देखी दिउँसो १ बजेसम्म रहने कोषाध्यक्ष जयराज पराजुलीले जानकारी दिए ।  

महासमाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले महासङ्घका आचार्य, न्यौपाने, पराजुली, बास्कोटा, सापकोटा, त्रिताल, गैह्रे, लकाई खड्का, पनेरु, मरासिनी, बन्जारा, बन्जाडे, सत्याललगायत सबै थरहरूलगायत सबैलाई रक्तदानमा सहभागी भई रक्तदान गर्न हार्दिक आह्वान गरेका छन् ।  आचार्य बन्धु समाज नेपालका अध्यक्षसमेत रहेका महासङ्घका अध्यक्ष आचार्यले यस अघि आचार्य समाजबाट रक्तदानलगायतका कार्यक्रमहरू आयोजना गर्नेभएपनि यस पटक भने ठुलो संस्था कौडिन्य गोत्रीय महासङ्घबाट राखेका छन् । 

रक्तदान कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर १ का सांसद तथा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ भने बागमती प्रदेशका मन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीलगायत रक्तदान हुने क्षेत्रका सरकारी विशिष्ट व्यक्तिहरूलाई विशिष्ट अतिथि र अतिथिको रूपमा निमन्त्रणा गरिएको छ । 

हार्दिक निमन्त्रणा !

रक्तदान कार्यक्रम

मिति: २०८१ साल साउन १९ गते शनिवार

समय: बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म

स्थान नयाँ बानेश्वर, छक्कुबक्कु मन्दिर अगाडी पार्क

सम्पर्क: ९८५१०२७२८३, ९८५१०४११४५, ९८५१००९६६९

आयोजक

कौण्डिन्य गोत्रीय महासमाज

केन्द्रीय समिति

वेवसाईटः  www.kaugmas.org