कर्णाली प्रदेश

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

१८ साउन, कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका छन् ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनले प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थिए । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए ।