२७ साउन, कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज, गण्डकीले ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ कास्की र कमला रानामगर नवलपुर लाई प्रदान गरेको छ ।
फोनिजको रजतजयन्तीका अवसरमा आज पत्रकारद्वय श्रेष्ठ र रानामगरलाई पुरस्कृत गरेको हो । उनहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले नगद जनही .२५ हजारसहित फेटा, दोसल्ला, सम्मानपत्रसहित सम्मान गरे ।
गण्डकी प्रदेश प्रमुख भट्टले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसर दिनुपर्ने धारणा राखेका थिए । उनले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताए ।
तत्कालीन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पु¥याउन हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई फोनिज रजत वर्ष सम्मान २०८१ अर्पण गरिएको थियो । फोनिज गण्डकीले रजत वर्ष मनाउने क्रममा साउन १९ गते सरसफाइ, साउन २४ गते पत्रकारबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता आयोजना गरेको थियो ।