२७ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबीच आज धनगढीमा भेटवार्ता भएको छ । भेटमा उनीहरूबीच समन्वय र सहकार्य गरी अगाडि बढ्ने विषयमा छलफल भएको सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
धनगढी निवासी देवकोटा प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक यहाँ आएका अवसरमा उनलाई प्रदेश प्रमुख मियाँले बधाई तथा स्वागत गरेका थिए । उनहरूले प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिएका थिए ।
देवकोटालाई सरकारको सिफारिसमा यही साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।