खेलकुद

लोकतान्त्रिक खेलकुद सङ्घ सुदूरपश्चिमको अध्यक्षमा विष्ट

३१ साउन, बैतडी । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका सुरेन्द्रसिंह विष्ट मनोनित भएका छन्।

विष्टलाई नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले मनोनित गरेका हुन् । सङ्घको विधान २०७९ भाग ६ को २५ बमोजिम विष्टलाई सुदूरपश्चिम अध्यक्षमा मनोनयन गरिएको जनाइएको छ ।

बैतडीको पाटन नगरपालिका–३ घर भएका विष्ट करातेका राष्ट्रिय खेलाडीसमेत रहिसकेका छन् । विष्ट पछिल्लो समय महिला आत्मरक्षा तालिमका अध्यक्ष रहेर देशभर कार्यक्रम गर्दै आएका छन् । नेदरल्याण्डबाट आत्मरक्षासम्बन्धी तालिम प्राप्त उहाँ नेपालमा महिला तथा बालबालिका हिंसाविरूद्ध सैद्धान्तिक र व्यवहारिक ज्ञान दिँदै आएका छन् ।