१ भदौ, काठमाडौँ । साहित्य सन्ध्याले २०८० सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान पुरस्कार’ मोरङ विराटनगरका स्रष्टा विवनारायण पण्डितलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही २१ हजार एक सयछ ।
आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०८० सालको साहित्य सन्ध्याा सहभागिता पुस्कार तथा सम्मान बालस्रष्टा सोइना दाहाललाई प्रदान गरे । पुरस्कारको राशि पाँच हजार राशीको छ ।
त्यसैगरी साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान–२०८० बाजुराका स्रष्टा विनो बाजुराली, साहित्य सन्ध्या–कृबा कृष्णचन्द्र बालकुमारी सत्याल पुरस्कार तथा सम्मान स्रष्टा सत्यदेवी खड्का, साहित्य सन्ध्या–हरिप्रसाद चापागाई नियात्रा पुरस्कार तथा सम्मान कृष्ण बजगाईलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही दश हजार छ ।