लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री :आचार्यले आज बस्दै प्रदेश सभा बैठक

४ भदौ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् ।

सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।