४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी हुने कार्यक्रम हुन केहीबेर मात्र बाँकी छ ।
काठमाडौँको बत्तिसपुतलीस्थीत अनुपम फुडल्याण्डमा आज २ बजे सम्पन्न हुने भनिएको स्कुल अफ डेमोक्रेशीको कार्यक्रममा गत निर्वाचनमा गठबन्धनको रूपमा निर्वाचन लडेका काँग्रेस, माओवादी केन्द्र, नेकपा एसलाई बोलाइएको छ ।
पुष्पकमल दाहालले आफू २ः३० बजे उक्त कार्यक्रम स्थलमा जाने सार्वजनिक रूपमा बताई सकेका छन् । शेरबहादुर देउवा प्रमुख अतिथि हुने उक्त कार्यक्रममा दाहाल र नेपाललाई विशिष्ट अतिथिको रूपमा बोलाइएको छ ।
आज काँग्रेसका विचारक नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको रूपमा कार्यक्रम गरिएको आयोजकले बताएको छ । आजको महत्वपुर्ण कार्यक्रममा प्रधानमन्त्री ओलीलाई निम्ता गरिएको छैन । सत्ता सहकार्य गरिरहेको काँग्रेस र एमालेका सरकारको नेतृत्वकर्ता ओलीलाई नबोलाइएको तर नेकपा एमालेका तर्फबाट शङ्कर पोख्रेल कार्यक्रममा आउने बताइएको छ ।केही अगाडी गठबन्धन टुटेपछि राजनीतिक सङ्कटमा परेका अध्यक्ष दाहाल आजको देउवासँगको भेटबाट मनोबल बढाउने छन् भने एमाले अध्यक्ष ओली आफूलाई प्राथमिकता दिएर नबोलाइएकोमा काङ्ग्रेससँग सशङ्कित भएको सहजै अनुमान लगाउन सकिन्छ ।