४ भदौ, नवलपरासी । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वमा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो ।