बाग्मती

प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

६ भदौ, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष ऐन, २०८१’ लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख देवकोटाले आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गाविन्दप्रसाद पौडेलले जानकारी दिए ।

केही दिनअघि प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी प्रदेश प्रमुखको सचिवालयमा पठाएका थिए ।