पर्यटन/संस्कृति

काँग्रेस सभापति देउवाद्वारा पर्यटन केन्द्रीय विभागमा १० सदस्य मनोनयन

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको नेपाली कांग्रेस पर्यटन विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका छन् ।

मनोनयन भएका १० सदस्यहरूमा खुम सुवेदी, धादिङ, बीरबहादुर महरा, कञ्चनपुर, दिपेन्द्र पाण्डे ‘कपिल’, गोरखा, लक्की कार्की क्षेत्री, कास्की, छिरिङ डोल्मा शेर्पा, दोलखा, दिनेश मगर, ओखलढुंगा, यज्ञमूर्ति आचार्य, अर्घाखाँची, रामप्रसाद पञ्जियार, धनुषा, ईश्वर लामिछाने, स्याङ्जा, श्री जंगबहादुर लामा, हुम्ला रहेका छन् ।