१० असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आईतबार बस्ने भएको छ ।
२०८१ असोज १३ गते आइतबार दिनको २ः०० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको का.वा. मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको डा पराजुलीले जानकारी दिएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिको महत्वपूर्ण बिषयमा छलफल गर्न सभापति देउवाले नेपाली काँग्रेस कार्य सम्पादन समिति बैठक बोलाएका हुन् ।
