बाग्मती

खेलकुदमन्त्री महर्जनलाई पितृशोक

१२ असोज, हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृशोक परेको छ । उनको पिता हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो ।

निमोनियाको उपचारका निम्ति गत बिहीबारदेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना भएका उनको गएराति निधन मन्त्री महर्जनको परिवारका एक सदस्यले राससलाई जानकारी दिए । उनका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उनको अन्येष्टि गरिने छ ।