गण्डकी प्रदेश

म्याग्दीको रुममा स्वास्थ्यचौकी भवन निर्माण

१३ असोज, म्याग्दी । मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।

सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा उक्त भवन निर्माण गरेको हो ।

हाल कच्ची भवनको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकी चाँडै सुविधासम्पन्न भवनमा सारिने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताए ।