१९ असोज, सिन्धुली । सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
कमलामाई नगरपालिका–९ भीमानस्थित सुके खोलाको बाढीमा ज्यान गुमाएका ४६ वर्षीय कृष्णबहादुर बोगटी र पहिरोमा पुरिएका सुनकोशी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाका अभिभावकलाई रु दुई लाखका दरले आर्थिक सहयोग गरिएको हो ।
मन्त्रिपरिषद्को हालैको बैठकले मृतकका आफन्तलाई प्रति मृतक दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेबमोजिम उक्त रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए ।