२३ असोज, काठमाडौँ । भारत सरकारले नेपालमा विनासकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ ।
भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारको तर्फबाट यहाँस्थित भारतीय दूतावासका द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप आज हस्तान्तरण गरे ।
अत्यावश्यक सरसफाइ सामग्री, औषधि, झुल, लाइफ ज्याकेट, स्लीपिङ म्याट, खाद्यवस्तु, गम बुट, रबर बोट र मोटरसहितको २१ दशमलव ५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगञ्ज ल्याइ पुर्याइएको हो । हालै आएको बाढीपहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवं सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर रहेको दूतावासले जनाएको छ ।