२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हडपेको बताएका छन् ।
उनले प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ देश त माडबारी सेवा समितिहरुले पो चलाएको रहेछ भनेका छन् । उनले, ‘ अदालतले फैसला गर्दै त्यो जग्गा पशुपति विकाश कोषलाई नै जिम्मा दिन्छ । अनि पशुपति विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न महानगरलाई दिन्छ । आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ ।’
बालेनले भावुक हुँदै भनेका छन्, ‘देश प्रहरी र सरकारले चलाएको भन्ने भ्रममात्र रहेछ, माडबारी सेवा समितिहरुले चलाएको रहेछ’
उनले भनेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हडपेको थियो ।
तर त्यो हटाउने बारेमा अदालतमा मुद्दा पर्छ । अदालतले फैसला गर्दै त्यो जग्गा पशुपति विकाश कोषलाई नै जिम्मा दिन्छ । अनि पशुपति विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न महानगरलाई दिन्छ । आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ ।
अब बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् । हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।’
