२६ असोज, काठमाडौं । आज २०८१ सालको विजया दशमी, हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण चाड, आफन्तजन तथा सिनियरबाट रातो टीका र आशिर्बाद लिने दिन । यसै दिन काठमाण्डौको मैतिदेवी मन्दीरलगायतमा माग्नेहरुको भीड छ, प्रहरीको पेट्रोल पम्पमा तेल हाल्न प्रहरी कर्मचार सकृत छन्, ट्राफिक प्रहरी मन्दीर तथा सडकमा लाईन मिलाउन ब्यस्त छ, अरुबेला भीडभाड हुने आकाशे पुलहरु खाली छन्, अरु बेला भीड हुने काठामडौंका दरबारमार्ग, पुतलीसडक, माईतिघर, बानेश्वर, मैतिदेवी, नक्साललगायतका सडकहरुमा सर्बसाधारणको चाँप एकदमै घटेको छ । एकातिर बाढीपहिरोका कारण अगाडीका बर्षभन्दा खल्लो भएको यस बर्षको दशैं गरिबीका कारण जति हुनुपर्ने हो त्याति उत्शाहजनक देखिएका । आज टीका लगाउनुभन्दा अगाडीका बिभिन्न तस्विरहरुः











