२८ असोज, काठमाडौं । नेकपा एमालेकी स्थायी समिति सदस्य बिन्दा पाण्डेले किर्तिपुरमा नेकपा एमालेको भवन बनाउन भाटभटेनी सुपरमार्केटका मालिक ब्यावशायी मीनबहादुर गुरुङले दिएको जग्गा एमालेले लिएर एमाले अध्यक्षल केपी शर्मा अाेलीले गलत गरेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै उक्त जग्गा लिएर एमालेका संस्थापकहरु मनमोहन अधिकारी तथा मदन भण्डारीले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ भनेकी छन् । एमाले नेतृ पाण्डेले आजभोली उक्त जग्गा बिषयमामात्र होईन पार्टीका कुनैपनि महत्वपूर्ण निर्णय हुँदा एमालेको उच्च तहमा छलफलसमेत नहुने भन्दै उक्त पार्टी कार्यालय निर्माणका लागि जग्गा लिँदा साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम भएको दाबी गरेकी छन् ।
उनले राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको दाबी गरेकी छन् । केहीदिन अगाडीमात्र १० रोपनीभन्दा बढी जग्गा नेकपा एमालेलाई दान दिँदै घरसमेत निर्माणको तयारी गरेका मीन बहादुर गुरुङ र भवनको उद्घाटनसमेत गरिसकेका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीतर्फ एमालेकै नेतृवाट गलत भन्ने आँट देखाउनु अर्थपूर्ण रुपमा लिईन्छ ।
मिन बहादुर गुरुङ वालुवाटार जग्गा प्रकरण, भ्याट छलिलगायतमा जोडिएपछि विवादास्पद छविका ब्यापारीका रुपमा चिनिन थालेका छन् । विवादास्पद छविका गुरुङले दिएको सहयोगले पार्टीम्को भावनामा ठेस पुगेको संकेत बिन्दा पाण्डेको छ ।
उनको फेसबुक स्टाटस्ः
साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।
समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।
