२९ असोज, काठमाडौं । पशुपति विकास कोषले माडबारी सेवा समितिको धर्मशाला संचालनका लागि कुनै अधिकार नभएको. बताएको छ ।
आज कोषको कार्यालयमा पत्रकार सममेलन गर्दै कोषका पदाधिकारीहरुले माडबारी सेवा समितिलाई भाडामा दिने अधिकार नभएको भएपनि जबरजस्ती भाडामा लगाएको, पुरानो भाडा दर पुनरावलोकन गर्ने समय भएको भएपनि माडबारी सेवा समिति त्यसका लागि तयार नरहेको, शक्ती केन्द्रको बलमा पशुपतिनाथको सम्पतीमाथी आँखा लगाएकोलगायतका आरोपहरु लगाएका छन् ।
काठमाडौ महानगरसँग धर्मशाला संचालन गर्ने यही असोज २२ गते सम्झौता भएको अनुसार महानगरलाई ९ रोपनी जग्गा संचालन गर्ने अधिकार दिएको भन्दै कोषको अधिकार क्षेत्रमा माडबारी सेवा समितिले गिद्दे नजर लगाएको बताएका छन् ।
पशुपति बिकास कोष र काठमाडौं महानगरका प्रहरीबीच धर्मशाला अगाडी नै झडप भई धर्मशालासम्बन्धी कार्य गर्न महानगरलाई अप्ठ्यारो भई विवाद भएको बेला पशुपति विकास कोषले पत्रकार सम्मेलन गरी काठमाडौं महानगरलाई व्यवस्थापनको जिम्मेवारी दिएको स्पष्ट गरेको छ ।