२९ असोज, जेरुसेलम । मङ्गलबार दक्षिणी इजरायलमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु हुनुका साथै तीन सर्वसाधारण घाइते भएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्ति अनुसार आक्रमणकारीले रुट चारमा याभने इन्टरचेन्ज नजिकैबाट गुज्रिरहेको कारमा गोली चलाएको थियो ।
प्रत्यक्षदर्शी ट्रक चालकले बन्दुकधारीमाथि गोली चलाएको र उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
आक्रमणको जिम्मेवारी हाल सम्म कुनै समूहले लिएका छैन् ।