सामाजिक सञ्जाल

काठमाडौंका मेयर बालेन शाहले आगामी निर्बाचनमा ‘हिन्दू राष्ट्र’ एजेण्डा लिएर चुनाव लड्ने दिए संकेत

३० असोज, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ भनेका छन् । उनले संबिधानमा मात्र हिन्दू राष्ट्र राखेर हुन्न स्वाभिमानमा हुनुपर्ने भाव सामाजिक सञ्जालमार्फत बताएका छन् ।
मेयर बानेन शाहले पार्टी खोल्ने हल्ला चलिरहेका बेला हिन्दू राष्ट्रको एजेण्डा लिएर आगामी पार्टी खोलेर निर्बा)चन लड्ने अनुमान उनको कवितात्मक शेलीको भनाईबाट संकेत गरेको बुझ्न सकिन्छ ।
उनले स्पष्टसँग हिन्दू राष्ट्रको कुरा उठान गर्नु आगामी निर्बाचनमा पार्टी खोलेमा हिन्दरु राष्ट्र बालेनको एजेण्डा हुनसक्ने स्पष्ट भएको हो । पार्टी खोल्ने वा नखोल्ने वा कस्तो राणनीति हुने आगामाी निर्बाचनमा उक्त कुरा भने मेयर शाहले स्पष्ट गरेका छैनन् ।

उनकाे स्टाटस्:

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।