मनोरञ्जन

बिहान भएको ‘छक्का पञ्जा ५’ को ‘शो’ को गड्बडीप्रति दर्शकहरुमा क्षमाप्रार्थी छौंः दीपा श्री निरौला

१ कात्तिक, काठमाडौं । सिनेमाकी बरिष्ठ नायीका तथा निर्देशक दीपा श्री निरौलाले आज बिहान ९.४५ बजे भएको छक्का पञ्जा ५ को शोमा केही गडबडी आएको भन्दै दर्शकहरुसँग क्षमा मागेकी छन् ।
मिडियामा अतिरन्जीत तरिकाले प्रचार भएको भन्दै उनले केहिबेर चलचित्र प्रदर्शन अवरुद्ध भएको घटनालाई केहि मिडियाले अतिरंजित रूपमा प्रस्तुत गरेकोले दुःख लागेको बताएकी छन् ।
छक्का पञ्जा ५ पछिल्लो समय नेपाली सिनेमा इतिहासमै रेकर्ड तोड्ने लाईनमा भएका बेला शोमा अाएको समस्यालाई कतिपय मिडियाले नकारात्मक प्रचारबाजी गरेका थिए ।
छक्का पञ्जा ५ दिपक राज गिरी, दिपा श्री निरौलालगायतका बरिष्ठ कलाकारले निर्माण तथा अभिनय गरेको भ्रष्टाचार बिरोधी राष्ट्रबादी मनोरञ्जनात्मक चलचित्रको रुपमा दर्शकहरुले लिएका छन् ।
१२ गाउँ, ज्वाईँ साप र अन्य पछिल्लो समयमा रिलिज भएका नेपाली चलचित्रको भन्दा छक्का पञ्जा ५ का दर्शकको संख्या देशभरका सिनेमा हलहरुमा ब्यापक देखिन्छ । छक्का पञ्जा ५ अष्ट्रेलीयामासमेत रिलिज भईसकेको अवस्था छ ।

निर्देशक निरौलाको स्टाटस्ः

Big Movies मा आज बिहान ९.४५ बजे छक्का पन्जा शो मा चलचित्रमा नभई हलको प्राविधिक गड़बड़ी भई केहिबेर चलचित्र प्रदर्शन अवरुद्ध भएको घटनालाई केहि मिडियाले अतिरंजित रूपमा प्रस्तुत गरेकोले दुःख लागेको छ साथै यसबाट दर्शक महानुभावलाइ पर्न गएको असुबिधा प्रति क्षमा याचना पनि गर्दछू!