२ कात्तिक, काठमाडौं । रास्वपाका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्ने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संकेत गरेका छन् ।
उनले आफुले सरकार घटक दलहरुको बैठकमा प्रधानमन्त्रीबाट आएको कुराहरुलाई अनुमान गर्दा लामिछाने पक्राउ पर्ने अनुमान लगाउने स्थान रहेको उनले बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका माओबादी अध्यक्ष दाहालले केहीदिनमा नै रास्वपा सभापति पक्राउ पर्ने संकेत दिएका छन् ।
केहीदिन अगाडी काँग्रेस, एमाले तथा माओबादी केन्द्रको बैठक बसेको बेला भएका कुराहरुलाई संकेत गर्दै अध्यक्ष दाहालले उक्त कुरा गरेको समाचारहरुले बताएका छन् ।
अध्यक्ष दाहालले रविलाई डर देखाउन वा सत्य कुरा बोलेका हुन् त्यो भने केहीदिनमा नै रवि पक्राउ परेभने सर्बसाधारणलाई जानकारी हुने नै कुरा हो । लामिछानेलाई सुर्य थापा नेतृत्वको समितिले सहकारीमा अनियमीतता भएको ठहरसहित दोषी ठहर गरेको भन्ने गरिएको छ भने रास्वपाले उक्त समितिले आफुलाई क्लीन चिट दिएको बताउँदै आएको छ ।
खाजको विपक्षी दलको बैठकमा पुष्पकमल दहाललले रवि लामिछाने पक्राउ पर्ने लाईनमा सरकार रहेको संकेत गरेका हुन् ।यसअघि पुष्पकमल दाहाल प्रत्रमनमन्त्री हुँदा रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए ।