गण्डकी प्रदेश

रामग्राम स्तूपमा पर्यटकको चहलपहल

३ कात्तिक, नवलपरासी । बर्दघाट सुस्ता पश्चिम जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सो ऐतिहासिक स्तूपमा गौतमबुद्धको सिङ्गो अस्तुुधातुु रहेको छ ।

लुुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रामग्राम स्तूप, पण्डितपुर, लुुम्बिनी, तिलौराकोटलगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए ।

शुक्रबार मात्र इण्डोनेसियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेका जनाइएको छ ।