साहित्य

ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरुपता हुनुपर्ने

६ कात्तिक, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरुपता हुनुपर्नेमा जोड दिएका छन्।

पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय प्रतिष्ठान नाम मात्रैका रहेका, कहीँ कानुनको अभाव र कहीँ भवनको अभाव भएकाले प्रतिष्ठानहरूमा एकरुपता कायम गर्नेगरी व्यवस्थित गर्न अपरिहार्य भएको बताए ।

पर्यटनमन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र सङ्घका प्रतिष्ठानहरूबीच तालमेल नभएको बताउँदै प्रतिष्ठानको कार्यमा एकरुपता कायम गर्न केन्द्रका प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आवमा सातवटै प्रदेशमा ललितकला प्रदर्शनी गरिएका र प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागत रूपमा भाग लिएका बताए । उनले गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेला आयोजना गरिएको तथा दाङलाई ‘सेरामिक्स हब’का रूपमा विकास गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए । प्रष्ठिानमा स्थायी कर्मचारीे र बजेट अभावलगायत विषयमा उनले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।