६ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले रास्वपाका नेता कार्यकर्तालाई रवि लामिछानेले गरेको गल्तीमा उनकी श्रीमती निकिता पौडेललाई अनुसंधानको दायरामा ल्याउन माग गर्दै आन्दोलन गर्न आग्रह गरेका छन् ।
उपसभापति गुरुङले रास्वपाका नेता कार्यकर्ताले सहकारी ठगीमा आफ्नो संलग्नताको माग गर्दै तस्बिरसमेत राखेर पूर्व श्रीमतीले गरेको गल्तीमा आफूलाई कारबाही गर्न माग गरिएको घटनालाई जोड्दै आफूले पूर्व श्रीमतीले गरेको गल्तीमा भागीदार हुनुपर्छ भनने माग रास्वपाले राख्ने हो भने रास्वपा सभापतिले गरेको गल्तीमा पत्नी निकिता पौडेललाई कारबाही गर्न माग गर्न चुनौती दिएका छन् ।
उपसभापति गुरुङले आफू सधैँ भ्रष्टाचार र भ्रष्टाचारी विरोधी भएको बताउँदै त्यसमा आफूले संसद्मा नै छानबिन गर्न भनिसकेको बताएका छन् ।
