प्रदेश 1

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

७ कात्तिक, धरान । सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्रे।

लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेका छन् । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उनी यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएका छन्।

“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उनले सुनाए ।

सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थे । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भने, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उनले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसकेका छन् ।
उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याए । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उनले बताए ।
उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्रेका छन् । जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधिव्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताए ।
x
शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिए । उनी पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाए । पुख्र्यौली घर सङ्खुसभा भएका उनी जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाए । “ “सुरुआती दिनमा हिमालका आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ ।

उनले जडीबुटी बिक्रीबाट मासिक ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाए । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उनले भने, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा छन् । उनले भने, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उनले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाए ।