विचार/ब्लग

रविजी, ‘सडकमा वितण्डा मच्चाएर होईन, कानूनी लडाईँ लडेर ‘म सहकारी ठग होईन भन्ने पुष्टी गर्नुहोस्’

बाबुराम आचार्य / पहिले गलत र सही गहन भएर छुट्ट्याउनुस्, छुट्टाउने क्षमता राख्नुहोस्, कहिलेकाहीँ तपाईँलाई गलत पनि सही लागेको भ्रम हुन सक्छ, नजानेर पनि गलत गरेको हुन सक्नुहुन्छ,  त्यो निश्चय गर्नुहोस्, सबैको मूल्य हुन्छ, कसैलाई पनि अवमूल्यन नगर्नुहोस्, अब गलत गरेको छैन भन्ने निश्चय गर्नुहोस्, तपाईँलाई भगवान् पशुपतिनाथले पनि केही गर्न सक्नुहुन्न, 
जानी–जानी वा अनजानमा,  गलत वा गैर कानुनी वा अनैतिक कार्य गर्नुभएको खण्डमा तपाईँलाई क्रिश्चियनका येसु, मुस्लिमका अल्लाह र हिन्दुका पशुपतिनाथ वा कुनै पनि शक्ति वा सबै भगवान् नै  मिले पनि बचाउन सक्ने छैनन् । सीमित समयका लागि कसैले झुक्काएर, छलेर गलत कार्यलाई समाजमा संस्थागत गर्ने प्रयास गरे पनि, संस्थागत गरे पनि, जनस्तरमा झुक्याएपनि कालान्तरमा विवेकशील समाजले दूधको दूध पानीको पानी छुट्टाउने र गल्ती गर्ने मानिस वा संस्था गल्तीअनुसारको कारबाहीको भागिदार बनाउने निश्चित नै छ ।

कसैलाई पनि अवमूल्यन नगर्नुहोस्, अब गलत गरेको छैन भन्ने निश्चय गर्नुहोस्, तपाईँलाई भगवान् पशुपतिनाथले पनि केही गर्न सक्नुहुन्न,  जानी–जानी वा अनजानमा,  गलत वा गैर कानुनी वा अनैतिक कार्य गर्नुभएको खण्डमा तपाईँलाई क्रिश्चियनका येसु, मुस्लिमका अल्लाह र हिन्दुका पशुपतिनाथ वा कुनै पनि शक्ति वा सबै भगवान् नै  मिले पनि बचाउन सक्ने छैनन् ।


कुरो आयो पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ र कार्यकर्ता शुभचिन्तकहरूको सडकमा उत्रेको विषयको । कात्तिक २ गते लामिछानेलाई प्रहरीले पक्राउ गरी सहकारी ठगीसम्बन्धी अनुसन्धान गर्न कास्की प्रहरी समय पठाएको छ । नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वको समितिबाट सहकारी ठगीमा कारबाही गर्न सिफारिस भएपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान तथा कारबाहीको बाटो खोलेको हो । 
सुरुमा टेलिभिजनमा सीधा कुरा जनतासँग नामक भ्रष्टाचार, अनियमितताका विरोधी कार्यक्रम चलाएर जनताको मन जित्न सुरु गरेका उनले ग्यालेक्सी टेलिभिजनको १५ प्रतिशत सेयरमा टेलिभिजन सञ्चालन गरे । विभिन्न सहकारी संस्थाका अध्यक्षसमेत रहेका जीवी राईको अध्यक्षतामा गठन भएको ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले जनतासँगको अत्याधिक लोकप्रियतापछि महत्वाकाङ्क्षा बोक्दै निर्वाचनको केही महिना अगाडी राष्ट्रिय स्तरको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्दै समानुपातिकसमेत गरी २१ सिटको पार्टी निर्माण गर्नसमेत सफल भए । लामिछानेको सभापतित्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश तथा स्थानीय तहमा आफ्ना उम्मेदवार नउठाएका कारण दुवै सरकारमा रास्वपाको अवस्था शून्य छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले स्वतन्त्र व्यक्तिलाई निर्वाचनमा विजय गराउनुपर्छ भन्ने अभियानलाई अङ्गाल्दै त्यही नामसँग मिल्दोजुल्दो पार्टी दर्ता गरी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रपछि चौथो ठुलो दलको रूपमा स्थापित गर्न लामिछाने सफल भएकै हुन् । 

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत पुराना दलहरूलाई गाली गरेर, उनीहरूका गलत क्रियाकलापको विरोध गरेर जनताको मन जित्न सफल भएका लामिछाने एउटा जनताको मन जित्ने पत्रकार मात्र थिए । उनले जनताको मन पत्रकारीताका माध्यममार्फत जितेका हुन् । पत्रकारितामा देखेको कुरा जनतासम्म जस्ताको त्यस्तै ल्याउनु, गलत कुराको विरोध गर्नु मात्र हुन्छ, विकास–सुशासन–समृद्धि–बेतिथिका बारेका लेख्ने तथा बोल्ने मात्र हो, गर्ने निकाय अन्तिममा राजनीतिक निकाय नै हो, पत्रकारितामा विकासका काम आफ्नै अग्रसरतामा गर्नुपर्ने हुन्न र विकास, समृद्धि र सुशासन पत्रकारले लेखेर सल्लाह दिएजस्तो त्यति सजिलो पनि छैन  ।  रवि लामिछानेले टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा बोलेका कुराहरू, सामाजिक सञ्जालमा दिएका लाइभ भिडियोहरू, सामाजिक सञ्जालकै छोटा–लामा स्टाटस् पहिलो पटक ३२ दिन गृहमन्त्री भए देखी कास्कीमा ४ कात्तिकमा थुनामा राख्ने अदालतको आदेशसहित ६ दिन म्याद थपेर कारागार चलान गर्दा दिएका सभापति लामिछानेका अभिव्यक्तिले नै स्पष्ट भएको छ, कि बोल्न र गर्न फरक कार्य हुन्, बोल्न सजिलो छ गर्न निकै गाह्रो छ ।  ३ वर्ष अगाडी २०२१ मा अदालतको आदेश मान्दिन र तिम्रा बाउको शासन चल्छ र मुलुकमा भन्ने प्रकारमा फेसबुकमा लेखेका सभापति लामिछानेको स्टाटस् पछिल्लो पटक टिकटक, फेसबुक, एक्सलगायतमा भाइरल नै भई रहेका छन्। उनले कुनै बेला बेतिथिका विरुद्धमा राजनीतिक दल तथा नेताहरुका विरुद्धमा दिएका अभिव्यक्तिले उनलाई बेकार बोलेको भन्ने भान भइरहेको हुनुपर्छ, यानिकी पुराना अभिव्यक्तिका विषयमा उनले कुनै पनि प्रतिक्रिया दिने गरेका छैनन् । 

अहिलेको होस् वा ३० बर्से पञ्चायत होस् वा जुनै पनि प्रणाली र व्यवस्थापन सफल नभएका कारण नेपाली जनता देशका ७ प्रदेश, ७५३ स्थानीय तह तथा केन्द्रीय सरकारसङ सन्तुष्ट छैनन् । वडा र टोल सुधार समितिहरुसँग समेत नेपाली जनता सन्तुष्ट नभएको पनि सत्य नै हो । २००७ साल फागुन ७ गते नेपालमा आएको प्रजातन्त्रपछि बनेका विभिन्न संविधानहरू हुँदै २०७२ साल असोज ३ गते घोषणा भएको पछिल्लो संविधानले हरेक नेपाली जनतालाई देशको मालिक हुने अधिकार दिएको छ ।


विचारको विषयमा विवाद रहेको वा विचार नै नभएको भए पनि रास्वपालाइ, रवि लामिछानेको लोकप्रियताबाट चितवनका जनताले अत्यधिक मतले प्रतिनिधि सभा सांसदमा विजयी गराएका हुन् । उनलाई एकपटक मात्र होइन, दोस्रो पटकसमेत चितवनका जनताले विजय गराएको अवस्था हो । नेपालमा २००७ सालको प्रजातन्त्रको प्राप्तिपछि २०८१ साल आउँदासम्म नेपाली जनता नेपालको राजनीतिक व्यवस्था र व्यवस्थापकसँग सन्तुष्ट नभएको शत प्रतिशत सही हो । अहिलेको होस् वा ३० बर्से पञ्चायत होस् वा जुनै पनि प्रणाली र व्यवस्थापन सफल नभएका कारण नेपाली जनता देशका ७ प्रदेश, ७५३ स्थानीय तह तथा केन्द्रीय सरकारसङ सन्तुष्ट छैनन् । वडा र टोल सुधार समितिहरुसँग समेत नेपाली जनता सन्तुष्ट नभएको पनि सत्य नै हो । २००७ साल फागुन ७ गते नेपालमा आएको प्रजातन्त्रपछि बनेका विभिन्न संविधानहरू हुँदै २०७२ साल असोज ३ गते घोषणा भएको पछिल्लो संविधानले हरेक नेपाली जनतालाई देशको मालिक हुने अधिकार दिएको छ । हरेक नेपाली जनतालाई पार्टी खोल्न, व्यवसाय गर्न, देशको कुनैपछि भू-भागमा बस्नलगायतका अधिकारहरू दिएको छ । गणतन्त्रात्मक संविधान विश्वकै उत्कृष्ट संविधानको रूपमा लिँदा गलत हुन्न, यानिकि राजतन्त्र मान्नेहरू, सङ्घीयता नमान्नेहरू, समानुपातिक व्यवस्था नमान्नेहरूलगायत संविधानका विभिन्न विषयमा असन्तुष्टको सङ्ख्यामा पनि कमी भने छैन । 


संविधान, सरकार, कानुन देश चलाउन अति आवश्यक तत्त्व हुन् । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चलिरहेका छन् । भ्रष्टाचारसम्बन्धी काम गर्ने स्वतन्त्र सरकारी निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, अन्य धेरै सरोकारवाला निकाय छन्। यसमा कुरा के रह्यो भने २ गते सूर्य थापाको समितिको सिफारिसअनुसार अदालतको आदेशले पक्राउ परेका लामिछानेको पार्टी उनी पक्राउ परे देखी नै शुभचिन्तक तथा कार्यकर्तालाई आन्दोलनमा उतारिरहेका छन् । २०४६ सालको जनआन्दोलनपछि खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता, गोविन्दराज जोशी, विजय कुमार गच्छदार, कृष्ण बहादुर महरा, टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलाई प्रहरीले विभिन्न अभियोगमा पक्राउ गरिसकेको अवस्था सबैका सामु छ । यस अवस्थामा रवि लामिछानेले भने आफू पक्राउ पर्दा त्यसरी भ्रम हुने गरी जनता तथा कार्यकर्ता उतार्नु अनैतिक र सरासर गलत हो, उनले गल्ती गरेका छैनन् भने अदालती प्रक्रिया अझै बाँकी छ त्यहाँ कानुनी लडाइँ लड्न सक्छन् त्यो बाटो नैतिक र व्यवहारिक हुन्छ । उनी (रवि लामिछाने) ढुक्क भए हुन्छ गल्ती गरेका छैनन् भने कसैले पनि फसाएर फस्ने वाला छैनन् । लामिछानेले यसरी वितण्डा मच्चाएर  ठगीसम्बन्धी मुद्दामा आन्दोलन चर्काएमा नैतिकता त गुम्यो गुम्यो उनलाई  राजनीतिक घाटासमेत हुने निश्चित छ । 

‘लोकतन्त्रमा दलहरूबिच प्रतिस्पर्धा हुन्छ, हुनुपर्छ,  स्वास्थ्य प्रतिस्पर्धा हुनुपर्ने हो त्यो भएन, आग्रह पूर्वाग्रहको राजनीति भयो त्यो मुलुक र समाजलाई राम्रो होइन तर के कुरा सत्य हो भने त्यसता प्रकारका द्वन्द्वले एक अर्कालाई थुन्ने पूर्वाग्रही कार्य भए पनि कालान्तरमा सत्यको पहिचान भई हाल्छ’  रवि लामिछाने आफू उपप्रधान एवं गृहमन्त्री हुँदा कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहीयालाई थुने, अहिले रमेश लेखक हुँदा रविलाई थुने, भोली गलत गरे भने रमेश लेखकलाई पछि आउनेले रवि वा अरूले थुन्दैनन् भन्ने हुँदैन तर थुनाई गृहमन्त्रीको आग्रह पूर्वाग्रहमा हुनु भएन भन्ने हो, गल्ती नगरेको भए आखिर थुनामुक्त भई हाल्छ, चिन्ता गर्नुपर्ने अवस्था रहने कुरै हुँदैन ।


‘लोकतन्त्रमा दलहरूबिच प्रतिस्पर्धा हुन्छ, हुनुपर्छ,  स्वास्थ्य प्रतिस्पर्धा हुनुपर्ने हो त्यो भएन, आग्रह पूर्वाग्रहको राजनीति भयो त्यो मुलुक र समाजलाई राम्रो होइन तर के कुरा सत्य हो भने त्यसता प्रकारका द्वन्द्वले एक अर्कालाई थुन्ने पूर्वाग्रही कार्य भए पनि कालान्तरमा सत्यको पहिचान भई हाल्छ’  रवि लामिछाने आफू उपप्रधान एवं गृहमन्त्री हुँदा कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहीयालाई थुने, अहिले रमेश लेखक हुँदा रविलाई थुने, भोली गलत गरे भने रमेश लेखकलाई पछि आउनेले रवि वा अरूले थुन्दैनन् भन्ने हुँदैन तर थुनाई गृहमन्त्रीको आग्रह पूर्वाग्रहमा हुनु भएन भन्ने हो, गल्ती नगरेको भए आखिर थुनामुक्त भई हाल्छ, चिन्ता गर्नुपर्ने अवस्था रहने कुरै हुँदैन । यदि गल्ती गरेको नै भए ढिलो–छिटो ठिक लाग्ने निश्चित नै छ, कानुनी कारबाही हुने निश्चित छ, यसमा ढुक्क हुन जरुरी छ, अनुसन्धानलाई प्रभावित हुन दिनुहुन्न भन्ने कुरा सही हो, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको नाम र तस्बिर लिएर रास्वपाले आन्दोलनसमेत गरिरहेको छ, अब त्यसमा उपसभापति गुरुङले आफूलाई अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न तयार रहेको पटक पटक बताइरहेका छन्, रवि लामिछानेलाई मात्र होइन राज्य दोहन गर्ने, गैर कानुनी कार्य गर्ने कसैलाई पनि कानुनबाट उन्मुक्ति दिनु हुन्न, रविजी तपाई छातीमा हात राखेर भन्नुहोस्, जनतालाई नझुक्याउनेगरी तपाईँको र धनराजको अवस्था फरक हो भन्ने तपाई थाहा पाउनु नै हुनेछ, रास्वपाका सांसदहरू, केन्द्रीय सदस्यहरू पनि कानुनी लडाइँमा लाग्न सल्लाह दिन जरुरी छ, रविसँग डराएर सँगै पोखरा जानुभएको हो भने त के भन्न सकिन्छ र ? रवि लामिछाने, सहकारी ठगी वा अन्य कुनै पनि अनुसन्धान गलत बाटोमा हिँडेको खण्डमा जनताले बलियो आवाज भने उठाउनुपर्छ तर रास्वपाले गरेको जस्तो अनावश्यक आन्दोलन गरेर सडक नाटक देखाएर होइन ।