प्रदेश 1

महिला एकता अध्ययन केन्द्रमा दुर्गाजयन्ती राई

११ कात्तिक, खोटाङ । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन भएका छन्।

हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौँ अधिवेशनले महिला नेतृ राईलाई पुनःचौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सहसचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ ।

‘बिनाअध्ययन मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसात् गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालन गर्दै आएको छ । परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन संस्कृतिको विकास गर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले बताए । जिल्लाका १०व टै स्थानीय तहका महिलाहरु सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेको जनाइएको छ ।