विचार/ब्लग

कसलाइ छैन र ‘तनाव’ ? अमेरिकाको राष्ट्रपति बाइडेन-रविदेखी मकै पोल्नेसम्मलाइ छ !

बाबुराम आचार्य / तनाव छ, भन्दैमा रुँदै हिँड्ने कुरा भएन, आखिर तनाव कसलाई छैन र ? रवि लामिछाने रास्वपाका सभापति मात्र नभएर पूर्व उपप्रधान एवम् गृहमन्त्री हुन् उनी दसैँ र तिहारको समयमा सहकारी ठगीको काण्डको अनुसन्धान क्रममा प्रहरी हिरासतमा छन्, उनलाई तनाव छैन र ?

अर्कोतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री छन्, के उनलाई तनाव छैन र ? अर्कोतिर रमेश लेखक, नेपाली काँग्रेसको नेता मात्र नभएर गृहमन्त्री छन्, उनलाई चैँ आनन्द छ र ? त्यही गृहमन्त्रीबाट खुस्किएको केही दिनमा नै काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई भुटानी पासपोर्ट काण्डमा प्रहरीले थुन्यो । अहिले खाँण चुपचाप छन्, के उनलाई तनाव छैन र ?

नशा तथा मनोरोग विशेषज्ञ डा. पुरुषोत्तम अधिकारी भन्छन्, “तनाव भनेको सामान्यतः नकारात्मक घटनाक्रमबाट उत्पन्न हुने मनोभावना हो उनी भन्छन्, कुनै समयमा जस्तै परीक्षाका बेलामा विद्यार्थीलाई हुने तनावले सकारात्मक परिणाम दिने गर्दछ, सामान्य अवस्था बढी तनाव भएको अवस्थामा चैँ समस्या आउने सम्भावना रहन्छ । हरेक मान्छेलाई आ–आफ्नो स्थानमा स्तरअनुसारको तनाव हुन्छ, त्यसको निराकरण समयमा नै गरेमा समस्या नआउने निश्चित छ ।”

राष्ट्रपति रामचन्द्र पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन लगायत सामान्य जुनसुकै पार्टीका नेता देखी कार्यकर्तासम्मलाई तनाव छ । यहाँ लाग्छ कुनै ठाउँको कुनामा चिया बेच्ने, तरकारी बेच्ने मान्छेलाई वा कुनै बेरोजगारलाई मात्र तनाव छ ।

यहाँ नेपालका एक मात्र अरबपति व्यापारी विनोद चौधरी देखी बाटोमा मकै बेच्ने दाजुभाइ दिदीबहिनी नै आ–आफ्नो तनावमा छन् । मनोरञ्जन, खेलकुद क्षेत्र वा जोकोहीलाई पनि आ–आफ्नो स्थानमा आफ्नो पद अनुसारको तनाव छ नै । यति मात्र होइन अमेरिकाका राष्ट्रपति जो–वाईडेन, राष्ट्रपति उम्मेद्वारहरु डोनाल्ड ट्रम्प र कमला ह्या रिस तथा चीनका राष्ट्रपति सी–जिनफिङ, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतका राजा चाल्र्स तृतीय जोसुकैलाई आ–आफ्ना प्रकारका तनाव रहेकै छन् । यसमा व्यापारी एलन मस्क होस् वा मुकेश आम्बानी अथवा ज्याकमा हुन् उनीहरूलाई आ–आफ्नै प्रकारको तनाव रहेकै छ ।

एउटा बिरामी, रोगी, गरिब, पछाडि परेको वर्ग, ऋणमा डुबेको–घाटा खाएको व्यापारी, चुनाव हारेका नेता, डुबेको बैङ्क, गेम हारेको खेलाडी, भ्रष्टाचारीमा पक्राउ परेको सरकारी कर्मचारी, जागिर नपाएको बेरोजगारी, अशिक्षित व्यक्तिहरू तनावमा रहेको देखिन्छ । अण्डरवल्र्ड डन, भूमिगत सङ्गठन, प्रहरी, व्यापारी, उद्योगपति, राजनीतिक व्यक्तिहरू, सेना, प्रशासन, पत्रकार, वकिल, इन्जिनियर, डाक्टर, कूटनीतिक व्यक्तित्वहरू, मजदुरहरू सबै तनावमा मै हुन्छन् । मान्छे मात्र नभएर सचिव वनस्पति तथा प्राणी पनि आ–आफ्नो तरीकाले तनावमा हुने कुरा वैज्ञानिकहरूले नै पुष्टि गरिसकेका छन् ।

अब आयो तनाव के हो ? तनाव किन हुन्छ ? मनोवैज्ञानिक डाक्टरहरूले तनावको विषयमा आआफ्नै धारणा राखेका छन् । नशा तथा मनोरोग विशेषज्ञ डा. पुरुषोत्तम अधिकारी भन्छन्, “तनाव भनेको सामान्यतः नकारात्मक घटनाक्रमबाट उत्पन्न हुने मनोभावना हो उनी भन्छन्, कुनै समयमा जस्तै परीक्षाका बेलामा विद्यार्थीलाई हुने तनावले सकारात्मक परिणाम दिने गर्दछ, सामान्य अवस्था बढी तनाव भएको अवस्थामा चैँ समस्या आउने सम्भावना रहन्छ । हरेक मान्छेलाई आ–आफ्नो स्थानमा स्तरअनुसारको तनाव हुन्छ, त्यसको निराकरण समयमा नै गरेमा समस्या नआउने निश्चित छ ।”

कसैलाई मासु धेरै खाएर वा रोगका कारण खान नभएर तनाव हुन्छ, कसैलाई एक छाक खाना नै खाने हैसियत नभएर तनाव हुन्छ । तनाव आखिरीमा सबैलाई हुन्छ नै । तनाव भएन भने पनि राम्रो होइन, डाक्टरले नै भनिसकेका छन्, कुनै खेल हार्दा हुने तनावले बदलाको भावना आई सकारात्मक रूपमा लागेमा पछि जित्नलाई सहज हुन सक्छ । ‘सन्तोसम् परम सुखम्’ भन्ने भनाई धार्मिक रूपमा मान्यता प्राप्त भए पनि वैज्ञानिकहरूले गलत भनेका छन् । तनावको अर्थ तथा परिभाषा धार्मिक वा वैज्ञानिक वा खोज अनुसार फरक–फरक हुन सक्छ । एउटै प्रकारको तनावमा त्यसको निराकरण गर्ने प्रक्रिया पनि फरक–फरक हुनसक्छ । यसमा हरेक मानिसले तनाव भएको बेला आफलाई आफ्नो तनाव नै विश्वको सबैभन्दा ठुलो तनावको रूपमा लिने गरेका छन् ।

कतिपय नागरिकहरू तनावको निराकरण गर्न नसकेको कारण उच्च मनोवैज्ञानिक तनाव भई कतिपय समयमा मृत्यु हुने र कतिपय अवस्थामा मानसिक सन्तुलन गुम्नसमेत सक्ने देखिएको छ । तनावलाई समयमा नै निराकरण गर्ने, तनावलाई सामान्य रूपमा लिने, विशेषज्ञहरूको सल्लाह लिने लगायतका कार्य गरेमा ठुलो तनावबाट मुक्त भई सामान्य जीवन जिउन सहज हुने विशेषज्ञहरूको उपाय छ । आवश्यकता भन्दा ठुलो दिमागको भारी बोक्न नहुने, अनावश्यक रूपमा सोच्न नहुने, दिमागसम्बन्धी फरक प्रकारका गतिविधि आएमा विशेष ध्यान दिने गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ । ध्यान गर्ने, हिँड्ने, कल्पना गर्ने, श्वास प्रश्वासमा ध्यान दिने, सामाजिक समर्थन गर्ने, योग गर्ने, सकारात्मक सोच्ने, सन्तुलित आहार लिने, कृतज्ञ हुनेलगायतका कार्य गरे तनाव मुक्त हुने मान्यता छ । विश्व स्वास्थ्य सङ्गठन, शिक्षा–स्वास्थ्य सम्बन्धी विभिन्न व्यक्ति तथा संस्थाहरूले तनावको बारेमा अध्ययन, अनुसन्धान गरिरहेका छन् ।

जसले जति अनुसन्धान गरे पनि तनाव स्वास्थ्य समस्या हो, शिक्षाको अभाव हो, तनाव सबैमा हुन्छ, धेरथोर, आफ्नो जिम्मेवारी अनुसार नै तनाव हुन्छ, त्यसलाई हेलचेक्र्याइँ गर्नु हुन्न, बेलैमा तनाव न्यूनीकरणका लागि प्रयास गर्नुपर्छ भन्ने कुरा चैँ सत् प्रतिशत सही हो । ठूला र उच्च पदस्थ ब्क्तीहरुले तनावको व्यवस्थापन सहज रुपमा गर्ने गरेका छन् भने कतिपय अवस्थामा मानशिक अस्पतालमा उपचार गराईरहेकासमेत भेटिन्छन् । हरेक मानिसले तनावको व्यवस्थापन समयमा नै गरेको खण्डमा भने सहज रुपमा व्यवस्थापन हुने चिकित्शकहरुको दाबी छ । तनाव भएको थाहा पाउने र त्यसको व्यवस्थापनमा भने उच्च मनोवलका साथ शुरुदेखी नै लाग्नुपर्ने देखिन्छ । ट्रम्पलाई एकपटक राट्रपति भएपनि पुनः राट्रपति हुने तनाव होला, अन्यलाई त्यस्तै, ट्रम्पले राट्रपति हारेमा तनाव लिनुहुन्न वा त्यसको सहज रुपमा व्यवस्थापन गर्नुपर्यो, त्यस्तै त्यस्तै रुपमा आ-आफ्ना स्तरका तनावहरु स्तर अनुसार निराकरण गर्नु जरुरी छ । तनावलाई सामान्य मान्ने तर चुप लागेर नवसी हटाउन लाग्न भने जरुरी छ ।