पर्यटन/संस्कृति

न्हूदँ ११४५ को खुसियालीमा कीर्तिपुरमा ¥याली र साँस्कृतिक कार्यक्रम

१७ कात्तिक, काठमाडौं । नव वर्ष नेपाल संवत् ११४५ शुरुभएको खुशियालीमा आज बिहान यहाँको म्वानः टोलबाट एक साँस्कृतिक र्‍याली निकालियो ।

उक्त र्‍याली कीर्तिपुर नगरको विभिन्न टोलहरुको परिक्रमापछि सांस्कृतिक कार्यक्रममा परिनत भएको थियो । र्‍यालीमा यहाँका दाफा खलः, स्थानीय सामाजिक तथा साहित्यिक संघसंस्था र क्लबहरुको सहिभागिता थियो ।

कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य मुख्य अतिथि रहेको उक्त सांस्कृतिक कार्यक्रममा र्‍यालीमा सहभागी दाफा खलः तथा संघ संस्थालाई धन्यवादपत्र प्रदान गरिएको थियो । साथै, न्हूदँ कार्यक्रम आयोजना गर्न आर्थिक सहयोग गर्ने महानुभाव तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

न्हूदँ समारोह समितिका अध्यक्ष रामशरण महर्जनले र्‍यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्र्दै समितिका आगामी कार्यक्रमहरुमा पनि सहयोग रहने आशा व्यक्त गरे । कार्यक्रममा आउँदो वर्ष न्हूदँ मनाउने जिम्मा चाफल टोललाई हस्तान्तरण गरिएको थियो ।