साहित्य

ईश्वरको लडाइँ

-सुरेन्द्र सिटौला -कविता

डर लाग्दो खबर अयो
उता युद्ध हुदै छ रे
बमले गर्भ चिरेर निस्केको
नवजात शिशु
शाल नाल सगै रुदै छ रे
टुहुरा शिशुको रुवाइले सोधे झै लाग्छ
अहम ब्रह्माष्मी भन्ने मान्छे हरुको शहरमा
यो के हुदैछ ?
अहम ब्रह्माष्मी भन्ने अर्को मान्छे
किन डाको छोडेर रुदैछ ?
अलमल्ल छ मानव सभ्यता
भन्न सक्तैन याहा के हुदैछ ?
अनौठो छ शृष्टि संसार
अर्ध चेतन पशुपक्षीहरु
देखिन्छन सधै मदहोस अनि मस्त
जिबिकोपार्जन कै दिनचर्यामा
भेटिन्छन सबै ब्यस्त
स्वजातिय युद्ध त्याहा
कहि कतै चर्किदैन
शान्त, अविरल अनि निश्चल
स्वजतिय प्रतिरोध त्याहा
कहि कतै देखिदैन
दिक्क भएर आफै सग
ईश्वर लाइ सोध्न मन छ
मलाई तिमि जस्तै किन बनायौ ?
तिम्रो स्वार्थी चतुर्‍याइँ
किन सबै मै मा खन्यायौ ?
मलाइ किन अहम ब्रह्माष्मी भन्न सिकायौ ?
स्वजातिय युद्धमा
मैले अरुलाइ मार्दा
म भित्रै किन तिमि रमायौ
अनि किन मलाइ नै
नरसंहारको दोषी बनायौ
गजव छ तिम्रो कुटनिति
मान्छे लाइ फुर्क्याउदै
ईश्वर बनायौ
अनि तिनै ईश्वरहरु बिच
शकुनिहरु ब्युझाएर
धर्मयुद्धको नाममा
यदुवंशि युद्ध रचायौ
युद्धमा हारजित गरायौ
बिजयी ईश्वरलाइ
अभिमानी माला पहिर्यायौ
पराजित ईश्वरको
स्वाभिमान गर्लम्मै ढलायौ
अन्ततः
असंख्य गर्भे टुहुराहरु लाइ
शालनाल सगै रुवायौ
मेरो भित्री मन
दिक्क हुदै भन्छ
ईश्वर भएर
सधै तिमिलाइ गुहार्दै रुनु भन्दा
अर्धचेतन जीव भएर
अद्वैत शृष्टीको
बिशाल हरियो फाटमा
निशर्त अनि निसंकोच चर्न मन छ
यो ब्रह्माण्डमा ईश्वर होइन
सोझो मान्छे भएर
यो भवसागर तर्न मन छ
तर्नु अगाडि
गर्भेटुहुरा हरुको प्रश्नोत्तरको भार
समय लाइ सुम्पदै
मृत्युको स्वागत गर्न मन छ
गर्नु छैन मैले
अव कुनै ईश्वरीय युद्धको बडाइ
हेर्नु छैन मैले
अहम ब्रह्माष्मी भन्ने ईश्वरहरुको
अव आउने समयको लडाइँ