१९ कात्तिक, सप्तरी । जिल्लाको बोदेबरसाइन नगरपालिकास्थित नगर व्यापार समितिले क्यान्सर रोगबाट मृत्यु भएको अजयकुमार साहको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समितिका अध्यक्ष देवनारायण साहको नेतृत्वमा मृतक साहको परिवारलाई ५१ हजार आर्थिक सहयोग गरिएको छ । वडा नं ५ स्थित घरमा पुगेर उनकी श्रीमती गिरिजाकुमारी सोनारलाई सप्तरी उद्योग वाणिज्य सङ्घ राजविराजका अध्यक्ष लालुप्रसाद अग्रवालको संयुक्त उपस्थितिमा नगद रकम हस्तान्तरण गरिएको हो ।
मृतक साहका दुई छोरा र तीन छोरी छन् ।