रोजिना बोहरा (साउद)/ सिन्दूर हिन्दु संस्कृति अनुसार विवाहित महिलाद्वारा सिउँदोमा लगाइने रातो वा सुन्तले रङको पदार्थ हो । हाम्रा कति धर्म परम्परा देखी चलिआएका छन्, जसलाई हामी जानी नजानी अनुसरण गरिरहेका छौँ, हुन्छौँ । वास्तवमा छोरी मान्छेले सारी–चोलो लगाउने, पटुकी बाँध्ने, सिंन्दूर लगाउने, छोराले दौरा–सुरुवाल–कोट–टोपी लगाउने, श्राद्ध गर्ने, रुद्री–सत्यनारायण लगायत विभिन्न पूजा लगाउने, व्रतबन्ध गर्ने, विवाह गर्ने, किरिया गर्ने संस्कार परम्परा देखी नै चल्दै आएका छन्, हाम्रा पिता पुर्खादेखि त्यही अङ्गाल्दै आएका छन् । पिता पर्खाले गरेको काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । तर, सिन्दूरको महत्त्व किन र के का लागि ? महिलाहरूले निधारबाट माथि सिन्दूर लगाउने प्रचलन हाम्रो समाजमा छ । सिन्दूर धारण गर्नुको बहु आयामिक अर्थ छ । यसको धार्मिक, सांस्कृतिक अर्थमा चलनमा मात्र सीमित छैन, कुनै पनि महिलाले सिन्दूर धारण गरेकी छन् भने उनी विवाहित हुन् भने सहजै अनुमान लगाउन सकिन्छ । सिन्दूर धारण गरेकी महिलालाई कुनै पुरुषको अर्धाङ्गिनी रूपमा चिनिन्छ । तर जुन महिलालाई सिन्दूर लगाएर अर्धाङ्गिनी बनाएको हुन्छ, उनले सिँदुर लगाउनुलाई अनुशासनको रूपमा समेत लिइन्छ ।
श्रीमान् हुने सबै पुरुषले श्रीमतीप्रतिको कर्तव्य पालन गरेका छन् कि छैनन् त्यो फरक पाटो हो तर यो हो की महिलालाई सिँदुर भने धेरै नै महत्त्वपूर्ण छ । हाम्रो समाजमा सिन्दूरसँग जोडिएका कतिपय नकारात्मक–सकारात्मक चर्चा परिचर्चाहरू सुनिन्छन् । यही प्रसङ्गलाई अझै प्रस्ट्याउने हो भने महिला जातीको लागि सिँदुर र शारीरिक सम्बन्धले सर्वाधिक महत्त्व राख्छ । विवाहभन्दा पहिलाको वा श्रीमान् बाहेकका पुरुषसँगको शारीरिक सम्बन्ध महिलाको लागि अभिशाप नै हो । एक चुट्की सिन्दूर हालेर विवाह गरेका पुरुष चाहे जस्तो सुकै अव्यवहारिक होस्, गैर जिम्मेवार होस् त्यसको वास्ता समाजलाई हुँदैन, तर त्यस्ता श्रीमान् प्रतिको समर्पण महिलाले देखाउनु सांस्कृतिक रूपमा महत्त्वपूर्ण हुन्छ, कानुनी र व्यवहारिक विषय फरक हुन सक्छ । जस्तो सेवा भावना समर्पित अर्को पुरुषसँगको सम्बन्धलाई परिवार, समाज, कानुनले स्वीकृति दिँदैन किन भने उनले ती महिलाको सिउँदोमा सिन्दूर मात्र हालेको हुँदैन, कसमसमेत खाएको हुन्छ ।
यसरी भन्दा त महिला र पुरुष बिच शारीरिक सम्बन्ध राख्न स्वीकृति दिने एक मात्र माध्यम हो सिन्दूर । श्रीमानले श्रीमतीको हरेक आवश्यकता पूरा गर्नुपर्ने समाजको प्रचलन छ, उसको जीवनको जिम्मा लिनुपर्ने, उसले भरपुर माया दिनुपर्ने, हरेक प्रकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने जस्ता दाइत्वहरू निर्वाह गर्ने हुन्छ, पुरुषहरू चुके कै कारण पवित्र मानिएको वैवाहिक बन्धन र त्यसको एक मात्र माध्यम सिन्दूरको महत्त्व आज घट्दै गएको टिप्पणी गर्दा अत्युक्ति नहोला । आफ्नो श्रीमानको सदैव हित चिताउनै उनको लामो आयु, सु–स्वास्थ्य, सफलता, घरमा लक्ष्मीको बासको कामनासहित सधैँ माङ्गलिक प्रतीक सिन्दूरबाट माग गर्छन् महिला तर, पुरुष वर्गले पनि थोरै यसको महत्त्व बुझेर महिलाको यस समर्पणको ख्याल राखी दिए, कम हुँदै गएको सिन्दूर लगाउने परम्पराको प्रवर्धनमा त मद्दत पुग्ने नै थियो ।
महिला विवाहित कि अविवाहित भनेर छुट्ट्याउने पहिचान नै सिन्दूर हो । महिलाहरूले सिन्दूरलाई सौभाग्यको प्रतीक पनि ठान्ने गर्दछन् । महिलाले सिउँदोमा लगाउने सिन्दूर उनीहरूको सौभाग्यको प्रतीक पनि हो । सिन्दूर सीरको मध्य भागमा लगाइन्छ । हिन्दु मान्यता अनुसार बाङ्गो सिउँदो काढ्नु, सिन्दूर छरेर लगाउनु हुँदैन । यो धातु तरल रूपमा पनि पाइन्छ । हिन्दु एक प्राचीन मान्यता अनुसार देवी पार्वती आप्नो पति महादेवको सम्मानको खातिर आफ्नो जीवन हो । वैवाहिक जीवनमा बाँधिएपछि महिलाको पुनर्जन्म हुन्छ । नयाँ घर परिवेशमा घर गृहस्थीको जिम्मेवारी सम्हालेपछि महिलालाई तनाव हुनु स्वाभाविक हो । त्यही तनावबाट मुक्ति हुने र हिम्मत बढाउने कार्यमा सिँदुरले मद्दत गर्दछ । हिन्दु समाजमा विवाहमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हाल्ने चलन पहिलादेखि चली आएको हो । महिलाले लगाउने यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् तर यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरूलाई मात्र थाहा छ ।
सदियौँदेखि विवाहितता हिन्दु महिला सिउँदोमा सिन्दूर लगाउँदै आएका छन् । त्यसलाई निर्वाह गर्न पुरुषलाई पनि जिम्मेवारी छ । तर, अचेल पुरुषहरूले वा समाजले महिलाका यस्ता महान् कर्मको अवमूल्यन गर्दै महान् पूर्वजको अपमान गरिरहेको जस्तो स्थिति देखिन्छ । जुन पुरुषको मङ्गल ग्रह कमजोर हुन्छ, सफलता पाउँदैन, धनको सञ्चय कमजोर हुन्छ उनको श्रीमतीले लगाउने सिन्दुरे त्यो पुरुषलाई फाइदा पुर्याईरहेको हुन्छ । टाउकोको त्यो भाग असाध्यै कोमल हुन्छ, जहाँ नारीले सिँदुर लगाउँछन् । महिलाले सिन्दुरे धेरै अर्थ पनि प्रस्ट पारेको हुन्छ । हाम्रो सामाजिक चलनअनुसार सिन्दूर लगाएकी महिला हेर्नासाथ उनी सुहागन हुन, उनी खुसी छिन, उनी त्यागी र समर्पित छन्, उनी पतिद्वारा संरक्षित छिन्, यावत यावत छ । वैदिक शास्त्रका अनुसार वैवाहिक कर्ममा महत्त्वपूर्ण कर्म वा सिँदुर दान हो । धर्मशास्त्र अनुसार सिन्दूर सधैँ नाकको सिधा लगाउनुपर्दछ, किनकी दायाँ बायाँ लगाउनाले पतिको भाग्य बिगार्दछ, दायाँबायाँ भएमा सधैँ समस्याले घेरिन्छन् भन्ने मान्यता छ । सिउँदोमा सिन्दूर लगाउनु देवी लक्ष्मीको बास सदैव हुनु र भाग्यको चिन्ह पनि हो । सिन्दूरको सकारात्मक ऊर्जाले महिला र उनका पतिमा राम्रो प्रभाव पार्छ, उनीहरूलाई स्वास्थ्य र भाग्यशाली बनाउँछ । सिन्दूरको अर्थ नै विवाहित नारीको पर्यायवाची हो, सिँदुर महिलाहरूको अनुशासन, चरित्र पनि हो, जस्तो चलन हामी कहाँ विद्यमान छ ।
एक चुट्की सिन्दूर हालेर विवाह गरेका पुरुष चाहे जस्तो सुकै अव्यवहारिक होस् गैर जिम्मेवार होस् त्यसको वास्ता समाजलाई हुँदैन तर उनी प्रतिको समर्पण महिलाले देखाउनै प¥यो । तर जस्तो सेवा भावना समर्पित अर्को पुरुष जो हदैसम्मको माया गर्ने होस् त्यस्तो पुरुषसँगको सम्बन्धलाई समाजले स्वीकृति दिँदैन किन भने उनले ती महिलाको सिउँदोमा सिन्दूर मात्र हालेको हुँदैन, हरेक रूपमा सिँदुरको अर्थ महत्त्वपूर्ण हुन्छ । महिलाको माथामा सिन्दूर लगाउँदा त्यो घरमा लक्ष्मीको बास हुन्छ । सिउँदोमा सिन्दूर लगाउँदा दिमागमा शीतलता मिल्ने पनि गर्छ । सिँदुरको महत्वको विषयमा जति लेखे पनि, भाषण गरे पनि एउटा सुशील, अनुशासित, चारित्रिक नारीका लागि कमै हुन्छ यसो भन्दैमा पछिल्लो समय विवाहितता नारीले काममा जाँदा होस् वा घुम्न वा कलेज वा कतै जाँदा सिँदुर लगाउने गर्दैनन् त्यो हाम्रो समाजका लागि अत्यन्तै अव्यवहारिक, सांस्कृतिक विरोधी, परम्परा बिरोधी, अधर्मी हो, बिबाहीता नारीले सबै हिसाबले सिँदुरलाई इज्जत र प्रतिष्ठाको रूपमा हेर्नुपर्छ ।