समाचार

काठमाडौंका मेयर बालेन्द्रद्वारा एमालेलाई कार्यक्रम गर्दा दरबारमार्गमा फोहोर गरेबापत एक लाख जरिवाना

७ मङ्सिर, काठमाडौं । काठमाडौं महानगरपालीकाले नेकपा एमालेको आजको दरबारमार्गको कार्यक्रमबाट भएको फोहोर सफाईका लागि भन्दै एक लाख जरिवाना गरेको छ ।


नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गरेको कार्यक्रमबाट फोहोर भएको भन्दै उक्त फोहोर गरेबापत एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।


माहानगरपालीकाका मेयर बालेन्द्र शाह रहेका छन् । मेयर बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीकाबीचमा कहिलेकाँही सामाजिक संजाल तथा मञ्चवाट व्यंग्यात्मक भनाभनसमेत हुनेगरेको बेला आज माहानगरले एक लाख पेनाल्टी तोकेको हो ।