अन्तर्राष्ट्रिय

ईयद्वारा नाइजरका लागि खटाएका दूत फिर्ताः प्रवक्ता

८ मङ्सिर, काठमाडौँ । सत्तारूढ जुन्टाले पश्चिम अफ्रिकी देशलाई सहयोग पुर्याउने तरिका माथि प्रश्न उठाए पछि युरोपियन युनियनले शनिबार नाइजरबाट आफ्ना दूतलाई फिर्ता बोलाएको जनाएको छ ।

इयुले ब्रसेल्समा परामर्शका लागि आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको इयु प्रवक्ताले बताएका छन्।

नाइजरले शुक्रबार युरोपेली युनियनका राजदूतलाई अधिकारीहरूलाई जानकारी नदिई गैरसरकारी संस्थाहरूलाई मानवीय सहायताका लागि १.३ मिलियन युरो वितरण गरेको आरोप लगाएको थियो ।

यसले कोष व्यवस्थापन गर्ने तरिकाको लेखापरीक्षण गर्न आग्रह गरेको छ ।