समाचार

दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाई हुने, मनोज कुमार शर्माको इजलासमा पर्यो

९ मंसिर, काठमाडौं । मेडिकल व्यावशायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाई हुने भएको छ । सर्बोच्च अदालतका न्यायधीश डा मनोज कुमार शर्माको इजलासमा सुनुवाई हुनेछ ।
मंसिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको बताएपछि पक्राउ परेका उनको आज बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई हुन लागेको हो ।