गण्डकी प्रदेश

‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

१० मङ्सिर, गण्डकी । साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

समितिका अध्यक्ष कृष्ण गिरीका अनुसार साहित्यकार कल्याण पन्तको संयोजकत्वमा छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो । सम्पर्क समितिका संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापित उक्त पुरस्कारको राशि दश हजार र सम्मानपत्र रहेको छ । साहित्यकार समीपका भूगोलभित्र नकोरिएको देश गजल सङ्ग्रह, अक्षर अक्षरमा देश मुक्तक सङ्ग्रह र नदीको राजमार्ग लघुकथा सङ्ग्रह प्रकाशित छन् । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो ।