१० मङ्सिर, काठमाडौँ । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।