आर्थिक

सुनको मूल्य दुई हजार छ सयले घट्यो

११ मङ्सिर, काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।

आज सुन प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय २० कायम भएको छ ।