आर्थिक

सुमेरुका बचतकर्ता हैरान, सरकारलाई भन्न थाले, ‘रविलाई छानविन हुँदैछ तर अरु सहकारी ठगहरु कता छन् ?

११ कात्तिक, ललितपुर । सुमेरु बचत तथा सहकारी संस्थाका पूर्व अध्यक्ष भरत महर्जनलाई प्रहरीले रेड कर्नर नोटिस जारी गरेपनि अझै पक्राउ गर्न सकेको अवस्था छन् ।
सहकारी बिभागलेसमेत प्रहरीलाई कारबाही गर्न निबेदन दिईसकेको सहकारीका अध्यक्ष भरत महर्जनलाई पक्राउ गर्न सकेको अवस्था छैन ।
३६ हजार ३०५ निक्षेपकर्ता भएको सुमेरुको स्थापना २०५७ साल पौसमा भएको रेकर्ड रहेको छ ।
उपचार गर्ने बाहनामा वेलायत गएका महर्जन सपरिवार उर्तै लुकेर बसेको आरोप छ । सुमेरु अस्पतालमा ८० करोड कुमारी बैंकको र २० करोड प्रभू बैंकको लगानी रहेको बताईएको अवस्थामा १० अर्व ३४ करोड निक्षेप तथा दायीत्व र ४ अर्ब १० करोड ऋण रहेको देखिन्छ । मेडिकल कलेज, अस्पताल, कलेज, मार्ट, होटल तथा रिसोर्टलगायतमा लगानी गरिएको भनिएको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता पीडितहरुले २०८० को सुरुवातीमै पीडितहरुको समाज गठन गरिसकेका छन् ।
सहकारीका अध्यक्ष काशीराज दाहाल, सदस्यहरु धनेन्द्र कटेल र विनोद आचार्यलेसमेत भरत महर्जन विरुद्ध कारबाहीका लागि निबेदन दिएका छन् । बिभिन्न ठगीमा अनुसंधानका लागि रास्वपाका सभापतिलगायतलाई प्रहरीले पक्राउ गरी अनुसंधान गरिरहेका बेला सुमेरुलगायतका सहकारी संस्थाका संचालकलाई भने कारबाही गर्न सकेको छैन ।
शक्ती केन्द्रको अडमा रहेको महर्जनबिरुद्ध २०८० साल माघ १९ गते रेडकर्नर नोटिस जारी भईसकेको भएपनि यतिका दिन हुँदा पनि उनको अत्तोपत्तो छैन । सयौं सहकारी संस्थाहरु प्रहरी तथा नियमनकारी निकायको निशानामा परेका छन्, निगारानीमा रहेको प्रहरीले बताउँदै आएको छ ।
सहकारी पीडित प्रश्न गर्द भन्न थाले, ‘रविलाई छानविन हुदैछ तर अरु सहकारी ठगी आरोपी कता छन् ?’ दर्जनौं कम्पनी खोलेर अवैध रुपमा सहकारीबाट लगानी गराएक महर्जनलाई सुर्यखबर प्रतिनिधिबाट सम्पर्क गर्न खोज्दा उनको मोवाईलमा सम्पर्क हुन सक्दैन ।