आर्थिक

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

१२ मङ्सिर, काठमाडौँ । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला नौ सयले बढेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर एक हजार आठ सय ३० कायम भएको छ ।