१२ मङसिर, काठमाडौँ । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । आज बसेको विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तत्काल लाइन नकाट्ने निर्णय गरेको हो ।
उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको स्रोतले जनाएको छ । सञ्चालक समितिको सो निर्णयमा सञ्चालद्धय कपिल आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाएका छन् ।