१२ मङ्सिर, काठमाडौँ । कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपाल कुनै पनि देशको गठबन्धनमा सहभागी नहुने बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापा बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा नेपाली कांग्रेसका लागि कुनै नयाँ र नौलो नभएको पनि स्पष्ट पारेका छन् ।
‘हामी के कुरामा प्रष्ट छौं भने हामी कुनै पनि प्रकारको गठबन्धनमा सहभागी हुँदैनौं । छिमेकी वा पश्चिमी देशको गठबन्धनमा सहभागी हुँदैन । हामी काम सबै देशसँग गछौं,’ उनले भने ।
नेपालले चीनसँग यसअघि भएका दर्जनौं समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखेको उनले बताए ।