लुम्बिनी

उपनिर्वाचन : बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी

१७ मङ्सिर, काठमाडौँ । बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएको छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र०का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी एमालेका विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।